Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

जोराको नेतृत्वमा फेरिएको धनगढीको शैलेश्वरी स्कुल (फोटो/भिडियोसहित)

विद्यालय बिहान ९ः४५ बजे शुरूवात हुनु,दिनभरी पढाइ हुनु र बेलुकी बिदा भएर विद्यार्थी घर जानू यो नियमित प्रक्रिया जस्तै हो,सबै ठाउँमा प्राय यहि न हुन्छ तर धनगढी उपमहानगरपालिका वडा न.५ जाँइमा रहेको शैलेश्वरी इङ्लिस बोर्डिङ स्कुलले भने केही फरक अभ्यास गरेको देखिन्छ । 

df7816f5-dfc6-4248-a821-a69b00cae383.jpeg

आज बिहान विद्यालयका संस्थापक प्रीन्सिपल जगन्नाथ जोरासँग कुराकानी गर्ने योजना थियो हाम्रो । हामी विद्यालयको प्राङ्गणमा प्रवेश गर्दैगर्दै विद्यार्थीहरु बिहानी प्रथनामा व्यस्त थिए । प्राथनाको शुरुमै विद्यार्थीहरुको मनलाई एकत्रित गर्न मेडिटेसन गरियो । त्यस पश्चात विभित्र कक्षाका केही विद्यार्थीहरुले आफुमा भएको प्रतिभा सम्पुर्ण शिक्षक र  विद्यार्थीहरु माझ पस्किए । उहाँहरुको आत्मविश्वास एकदमै उच्च थियो  । त्यसपछि नेपाली गीतमा व्यायाम गराइयो र अन्त्यमामा राष्ट्रिय गान गाएर विद्यार्थीहरु आऔ आफ्नो कक्षामा लागे ।

3042562c-2159-41c6-8375-133f6572955a.jpeg

करिबन डेढ दशकदेखि शैक्षिक क्षेत्रमा सकृय जगन्नाथ जोराले अंग्रेजी विषयबाट स्नातकोत्तर गरेका छन् । क्याम्पस पढ्ने उमेरमै धेरै ठाउँमा मन बरालिएपनी जोराले पछि असल शिक्षक बन्छु भनेरै शिक्षा संकाय रोजे । कोरियन व्यवस्थापन भएको डोटीको सुजुङ बोर्डिङ स्कुलबाट शिक्षण पेशामा आबद्द भएका जोरा २०७३ सालमा धनगढी झरे । धनगढी आएपछि उनले धनगढी उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख निर्प बहादुर वड लगायतले संचालन गरेको शैलेश्वरी बोर्डिङ स्कुलको प्रीन्सिपलको जिम्मेवारी पाए । 

d33ab226-5d5d-427e-a612-1639276c9ee0.jpeg

त्यसपछि बिस्तारै धनगढी भिज्न थालेका जोराको व्यवस्थापनमा अहिले शैलेश्वरी बोर्डिङ स्कुल अगाडि बढिरहेको छ । जोरा बिहानदेखि बेलुकी अबेरसम्म विद्यालयलाई नै समम दिन्छन् । बिहानदेखि साँझसम्म विद्यालयलाई समय दिँदा धेरै साथिभाईर आफन्तबाट टाढा हुनुपरेकोमा भने जोरा दुखी छन्  तर हजारौं विद्यार्थीहरुको भविष्य निर्माणको साक्षी बन्दा भने प्रीन्सिपल जोरालाई आत्मसन्तुष्टि मिलिरहेको बताउँछन् ।

d4792f41-8df8-4ded-8291-92497cb10488.jpeg

२०६० सालमा स्थापना भएको शैलेश्वरी इङ्लिस बोर्डिङ स्कुलमा अहिले करिबन सात सय बालबालिका पढिरहेका छन् । विद्यालयको आफ्नै सुविधा सम्पन्न छात्रबास पनि रहेको छ । छात्रबासमा करिबन ६० बालबालिका पढिरहेको छन् । छात्रबास पनि आफुले व्यवस्थित बनाएको र बिहानदेखि बेलुकी आफ्नै निगरानीमा बालबालिका पढिरहेको प्रीन्सिपल जोरा बताउँछन् । विद्यालयमा शिक्षक र अन्य गरेर ४९ जना कर्मचारी छन् । 

383313d5-ce47-4e24-b6c4-2ab4a9bc43cf.jpeg

यी सबैको नेतृत्व प्रीन्सिपल जोराले नै गरिरहेका छन् । कक्षा प्ले ग्रुपदेखी पढाइ भैरहेको शैलेश्वरी इङ्लिस बोर्डिङ स्कुलमा अहिले ९ कक्षासम्म पढाइ हुन्छ । आउँदो शैक्षिकसत्रबाट कक्षा १० को पनि पढाइ प्रारम्भ हुने जोरा बताउँछन् । उनी भन्छन् ८र१० वर्ष अझै सकृय भएर पुरै समय विद्यालयलाई दिने योजनामा छु । त्यसपछि समय परिस्थिति कस्तो बन्छ,समय कहाँ कहाँ पुर्‍याउँछ त्यो पछिको कुरा रह्यो ।