Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शर्मिला वाइबालाई धरौटीमा छोड्न आदेश

काठमाडौं जिल्ला अदालतले आफूलाई अभियन्ता दाबी गर्ने शर्मिला वाइबालाई धरौटीमा छोड्न आदेश दिएको छ । कुटपिट र विद्युतीय कारोबारको मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेकी वाइबालाई अदालतले छोड्ने आदेश दिएको हो ।

उनलाई कुटपिट मुद्दामा १० हजार र विद्युतीय कारोबार मुद्दामा २५ हजार रुपैयाँ धरौटी मागिएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिएका छन् । 

वाइबाले आफूलाई कुटपिट र ब्ल्याकमेलिङ गरेको भन्दै हाँस्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ ले महाराजगञ्ज प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले वाइबालाई सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरेको थियो ।