Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

चैत १५ गतेदेखि हुने एसईईमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायबाट १५ परीक्षार्थी सहभागी

परीक्षामा पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी हुँदै

चैत १५ गतेदेखि हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा लैंगिक तथा यौनिक अल्पसंख्यक (एलजीबीटीआई) समुदायबाट १५ परीक्षार्थी सहभागी हुने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले अन्य वर्गमा राखी एलजीबीटीआई समुदायलाई पहिलोपटक एसईईमा सहभागी गराउन लागेको हो । फरक पहिचान भए पनि यसअघि छात्र वा छात्रा वर्गमा राख्ने गरेकोमा सरकारले यो वर्ष पहिलोपटक एलजीबीटीआई समुदायको वर्ग छुट्याएको निलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङले बताइन् ।

यो वर्षको एसईईमा पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी हुँदै छन् । जसमा दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ५२७ छात्र र १५ जना अन्य परीक्षार्थी रहेको बोर्डले जनाएको छ । 

एसईईका निम्ति दुई हजार ६४ परीक्षा केन्द्र तोकिएको छ ।