Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

बसको ठक्करबाट श्रीमान–श्रीमतीको मृत्यु

रौतहटको चन्द्रपुरमा बसले ठक्कर दिंदा श्रीमान–श्रीमतीको ज्यान गएको छ ।

बागमती सडक खण्डको मंगलपुरमा आइतबार बसको ठक्करबाट चन्द्रपुर–१ पौराईका ५६ वर्षीय जगतबहादुर राई र उनकी श्रीमती ५५ वर्षीया धनमाया राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

सर्लाहीतर्फ जाँदै गरेको मे १ ख २५३६ नम्बरको बसले साइकल चढेर जाँदै गरेका राई दाम्पतीलाई ठक्कर दिएपछि टाउकोमा गम्भीर चोट लागेका दुवैलाइ उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल पुर्‍याउँदा चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका हुन् ।उक्त दुर्घटनापछि स्थानीयले पूर्वपश्चिम राजमार्ग बन्द गरेका थिए ।