सुनकोसी नदीमा पौडी खेल्न गएका तीन बालबालिका बेपत्ता भएका छन् । उनीहरू त्रियुगा नगरपालिका–१४ धाप्लाङ भन्ने ठाउँबाट बेपत्ता भएका हुन् ।
होली खेलेपछि पौडी खेल्न भन्दै उनीहरू सुनकोशी नदीमा पुगेका थिए । बेपत्ता हुनेमा त्रियुगा नगरपालिका–१४ का सात वर्षीय रिदम मगर, आठ वर्षीय चोकलचन्द्र मगर र ११ वर्षीया रेखा मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
उदयपुर प्रहरीका अनुसार होली खेलिसकेपछि पौडी खेल्न क्रममा उनीहरू बेपत्ता भएका थिए । उनीहरूलाई प्रहरीले सशस्त्र प्रहरीको सहयोग खोजी थालेको छ ।
अहिले सशस्त्र प्रहरीको टोलीसमेत परिचालन गरिएको छ । उनीहरूसँगै गएका अन्य ४ बालबालिका भने घर फर्किसकेका छन् ।