Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

होली मनाउने नाममा जथाभावी रङ दल्ने ९२ जना पक्राउ

काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ७८४ सवारी साधन कारबाहीमा

होली मनाउने नाममा जथाभावी रङ दल्ने ९२ जनालाई काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँकाका अनुसार जथाभावी रङ दल्ने ८३ जना पुरुष र ९ जना महिला गरी ९२ जना पक्राउ परेका हुन्।

काठमाडौं उपत्यकामा होलीको दिन ट्राफिक नियम उल्लंघन गर्ने ७८४ सवारी साधन कारबाहीमा परेका छन् । तीमध्ये १५ वटा चारपांग्रे सवारी साधन हुन् भने बाँकी दुई पांग्रे हुन् ।

उपत्यका ट्राफिक एसएसपी जीवन श्रेष्ठका अनुसार आज ललितपुरको चापागाईं र भक्तपुरको ठिमीमा दुर्घटना भएको छ ।

  ललितपुर दुर्घटनामा दुईजना गम्भीर घाइते भएको श्रेष्ठले बताए । भक्तपुरका घाइतेको अवस्था सामान्य छ ।