बझाङमा मलामी गएका एक पुरुषको सेती नदीमा बगेर ज्यान गएको छ ।
शनिबार दिउँसो जयपृथ्वी नगरपालिका–७ धौलाबगरस्थित सेती नदीको किनारमा नुहाउने क्रममा बगेर स्थानीय ४० वर्षीय धनजित आग्रीको मृत्यु भएको हो । शुक्रबार राति चट्याङ लागेर मृत्यु भएका गजेन्द्रबहादुर सिंहको मलामी गएका आग्रीको बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
उनी अन्दाजी १ किलोमीटर तल बगएर नदीको किनारमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।