ओखलढुंगामा उसिनेको अण्डा खाने क्रममा अड्किएर एक व्यक्तिको ज्यान गएको छ ।
मोलुङ गाउँपालिका–२ रामपुरका ४५ वर्षीया काजी भुजेल अण्डा अड्किएपछि ढलेर बेहोस भएका थिए । उनलाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पतालमा लैजाने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक बालिस्टार सिंहले जानकारी दिए ।
सिंहका अनुसार भुजेलको शवलाई पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको छ ।