Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

फेसबुकमा अश्लिल शब्द लेखेर गालीगलौज गर्ने युवक पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा अश्लिल शब्द लेखेको र गालीगलौज गरेको आरोपमा खाँदबारी नगरपालिका-१० का २३ वर्षीय प्रज्वलदीप धौलाकोटीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

फेसबुकमा हैरानी गर्ने, अश्लिल शब्दहरुको प्रयोग गरी गालीगलौज गरेको आरोपमा धौलाकोटीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका धौलाकोटीलाई साइबर क्राइम (इलोक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत् अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।