Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

नेपाली सेनाको गाडीले ठक्कर दिदाँ कैलालीमा २ जना घाइते

कैलालीमा नेपाली सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ ।

जिल्लाको गोदावरी नगरपालिका २ को राष्ट्रिय वाणिज्य बैंक नजिकै गोदावरीतर्फ जादै गरेको बा६८ प५९८४ नम्बरको मोटरसाइकललाई तेघरी ब्यारेकको गाडीले ठक्कर दिएको हो ।

लेस नायक दमन बहादुर सिंहले चलाएको तेघरी ब्यारेकको बा९च ५७३६ नम्बरको टाटा पिकअप जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका-९ बस्ने २० वर्षीय नविन चौधरी र पछाडि सवार जानकी गाउँपालिका ४ बस्ने २४ वर्षीय कृष्ण डगौरा घाइते भएका छन् ।

उनीहरूको अत्तरियाको पद्मा अस्पतालमा उपचार जारी छ । सेनाको जिप र चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।