कैलालीमा चोरीको स्कुटर नम्बर परिवर्तन गरेर चलाइरहेको अवस्थामामा एक युवती समातिएकी छन् ।
प्रहरीले बिहीबार दिउँसो गौरीगंगा नगरपालिका-१ चौमालामा सुपप्र ०१००११प२७५३ नम्बरको स्कुटर नम्बर परिवर्तन गरेर चलाइरहेको अवस्थामा टीकापुरकि सन्ध्या चन्दलाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) गणेशबहादुर बरालले चन्दलाई स्कुटर चलाइरहेको अवस्थामा चन्दलाई नियन्त्रणमा लिइएको बताए । चन्दले सुरूमा श्रीमान आशिष खड्काको आमा सरिताले स्कुटर किनिदिएको बताएकी थिईन् तर ब्लुबुक देखाउनुस भन्दा नसकेपछि श्रीमानले किनेको बताएकि थिईन् । तर इन्जिन र चेसिस नम्बर चेक गर्दा उक्त स्कुटर स्थानीय धर्म बुढाको चोरीको भएको प्रहरीले जनाएको छ ।
अहिले सन्ध्या र सरितालाई चौमाला प्रहरीले नियन्त्रणमा लिएको छ भने खड्काको खोजी भइरहेको प्रहरीले जनाएको छ ।