Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

एमबीएस प्रश्नपत्र प्रकरणमा शिक्षामन्त्री पोखरेलले के भने ?

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले एमबीएसको प्रश्नपत्र बाहिरिएको घटनामा मुख्य आरोपी पक्राउ परिसकेको र घटनाको अनुसन्धान तीव्र रूपमा अघि बढाइएको बताएका छन् ।

सोमबार जनकपुरधामस्थित संकटमोचन विद्यालयमा विद्यार्थीहरूलाई खेलकुद सामग्री वितरण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले प्रश्नपत्र बाहिरिएको विषयमा सरकारले तत्कालै प्रक्रिया अघि बढाएको जानकारी दिए ।

उनले हिजो नै आवश्यक काम सुरु गरिएको उल्लेख गर्दै २४ घण्टाभित्र मुख्य आरोपी पक्राउ परिसकेको बताए । 

‘एमबीएसको प्रश्नपत्र बाहिरिएको विषयमा हिजो नै हामीले काम अगाडि बढाइसकेका थियौँ । २४ घण्टाभित्र मुख्य आरोपी पक्राउ परिसकेका छन् । प्रहरीले थप अनुसन्धान गरिरहेको छ र यसमा जो–जो जिम्मेवार छन्, सबैलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ,’ मन्त्री पोखरेलले भने ।

साथै, घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीको प्रक्रिया पनि अघि बढाइएको जानकारी दिए ।