Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पक्राउ

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पक्राउ परेका छन् ।  

आम आदमी पार्टीका नेता तथा दिल्ली सरकारका मन्त्री आतिशीका अनुसार केजरीवाललाई प्रवर्तन निर्देशालयको टोलीले पक्राउ गरेको हो। रक्सी घोटालामा २ घण्टाको सोधपुछपछि ईडीले मुख्यमन्त्री विरुद्ध यो कारबाही गरेको जानकारी छ ।

यसअघि बिहीबार साँझ नै ईडी सोधपुछका लागि दशौं समन लिएर मुख्यमन्त्रीको निवास पुगेको थियो।