Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

चूडामणि पौडेल सचिवमा बढुवा

सरकारले वरिष्ठ सहसचिव चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बिहीबारको बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा कर्णाली प्रदेशका कायम मुकायम प्रमुख सचिव रहेका पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिस समितिको ५ गतेको बैठकले पहिलो नम्बरमा चूडामणि पौडेल दोस्रो नम्बरमा डा। हरि लम्साल र तेस्रो नम्बरमा केदारनाथ शर्माको नाम सिफारिस गरेको थियो । जसमध्ये पहिलो नम्बरमा सिफारिस पौडेललाई सरकारले सचिवमा बढुवा गरेको हो ।

 दुई भन्दा बढी सचिव पद रिक्त रहे पनि गुपचुपमै ‘डिसमिस’ पार्ने योजनाअनुसार लामो समयसम्म बढुवाबारे अन्यौलता कायम रहँदै आएको थियो ।