Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

नवलपरासीको मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा गए राति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मध्यविन्दु–११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु ७६ प १६२१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा परी मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–११ का ३० वर्षीय अनिल विकको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । मोटरसाइकलमा तीन जना सवार रहेको जनाइएको छ ।

त्यसैगरी, दुर्घटनामा परी गम्भीर घाइते भएका  मध्यविन्दु–११ निवासी २५ वर्षीय अजय ठकुरीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने मोटरसाइकल चालक २८ वर्षीय कृष्णबहादुर विक प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । मध्यविन्दु नगरपालिका–११ दमारमा नै बुधबार अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियोभने दुई जना घाइते भएका थिए ।