Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सुनको भाउ हालसम्मकै उच्च, एकैदिन २६ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज बिहीबार हालसम्मकै उच्च भएको छ । सुनको मूल्य एकै दिन प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएको छ । 

बुधबारको तुलनामा बिहीबार प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएर छापावाला सुन प्रतितोला एक लाख २७ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २७ हजार २०० रुपैयाँमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार छापावाला सुन प्रतितोला एक लाख २५ हजार २०० र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, चाँदीको मूल्य बिहीबार प्रतितोला एक हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको छ ।