Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

इलाम–२ को उम्मेदवारका लागि कांग्रेस क्षेत्रीय समितिबाट सात जना सिफारिस

आगामी १५ वैशाखमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलाम–२ मा नेपाली कांग्रेसको क्षेत्रीय समितिले सर्वसम्मत रुपमा सात जनाको नाम सिफारिस भएका छन् ।

कांग्रेसको इलाम–२ क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले सर्वसम्मत रुपमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला राई तामाङको नाम सिफारिस गरेको हो । उक्त नाममलाई बिहीबार (८ चैत) भित्र रायसहित प्रदेश कार्यसमितिमा पठाइने र प्रदेशले १० चैतमा केन्द्रमा नाम पठाउनेछ ।

आचार्य कांग्रेस महासमिति सदस्य हुन् । उनी २०७० सालको संविधान सभा निर्वाचनमा पराजित उम्मेदवार थिए । खड्का २०७९ सालको निर्वाचनमा एमाले नेता सुवास नेम्वाङसँग पराजित भएका हुन् । केशव थापा पूर्व राज्यमन्त्री हुन् भने नगेन्द्र कुमाल नेपाल आदिवासी जनजाति महांघको पूर्व अध्यक्ष हुन् ।