Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सुरुङभित्र बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३७ घाइते

सुरुङमार्गभित्र बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । उत्तरी चीनमा द्रूतसेवाको  सुरुङमार्गभित्र बस दुर्घटनामा अन्य ३७ जना घाइते भएका छन् । 

मङ्गलवार दिउँसो २ः३० बजे तिर दुर्घटना भएको चिनियाँ सरकारी सञ्चार माध्यमहरुले जनाएका छन् । अधिकारीहरुका अनुसार ५१ जना यात्रु बोकेको बस सुरुङको भित्री पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो ।

 चिनियाँ समाचार संस्था सिन्ह्वाले जीवित व्यक्तिहरूको अवस्थाको गम्भीरताको बारेमा विवरण प्रदान नगरी छुट्टै रिपोर्टमा मारिएका र घाइतेहरूको संख्या पुष्टि गरेको छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।