Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख डंगोल र स्वीजरल्याण्डकी राजदूत मेउलीबीच शिष्टाचार भेट

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसँग नेपालका लागि स्वीजरल्याण्डकी राजदूत डा. डेनियल मेउलीले शिष्टाचार भेट गरेकी छन्। राजदूत डेनियलले मंगलबार उपप्रमुखको कार्य कक्षमा पुगेर भेट गरेकी हुन् ।

भेटका क्रममा उपप्रमुख डंगोलले, पहुँचयोग्य स्वास्थ्य सेवा प्रवाहका लागि महानगरपालिकाले प्रविधिको प्रयोगलाई बढाउँदै लगेको बताइन्। ‘आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवालाई वार्षिक नीति, बजेट तथा कार्यक्रममा प्राथमिकता दिएका छौँ । कार्यक्रमको कार्यान्वयनलाई दिगो र प्रभावकारी बनाउन प्रविधिमा आधारित प्रणाली विकास गरिरहेका हौँ ।’ डंगोलले भनिन् ‘वडा वडामा स्वास्थ्य प्रवर्धन केन्द्रहरु स्थापना हुँदैछन् । केन्द्रका सेवालाई सरल, पहुँच योग्य र विश्वसनीय बनाउन प्रविधिको उपयोग हुनेछ । यसका लागि साझेदारहरुसँग सहकार्यको सम्भावना रहन्छ ।’

स्वास्थ्य सम्बन्धी नागरिकका समस्यालाई महसुस योग्य समाधान दिनु अहिलेको आवश्यकता हो । भेटका क्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘विकेन्द्रीकृत प्रणालीबाट नागरिकलाई आफ्नै नजिक सरकारी सेवा प्राप्त गर्ने वातावरण बनेको छ ।’ स्वास्थ्य सेवाको प्रवर्धनका लागि हामी महानगरपालिकासँग सहकार्य गर्न चाहन्छौँ । भेटमा राजदूत डेनियलले भन्नुभयो, ‘प्रविधिले सहज सेवा सुनिश्चित गर्छ । यस कार्यका लागि सहकार्य गर्न तयार छौँ ।’

त्यस क्रममा स्वीस व्यापार प्रतिनिधि मण्डलका सदस्य, रिचर्ड रुम्नोङ्ले रोचे डाइनोष्टिक प्रविधि र प्रयोगशालाका विषयमा प्रस्तुतिकरण गरेका थिए। भेटका क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा। सुमननरसिंह राजभण्डारी, स्वास्थ्य विभाग तथा सचिवालयका अधिकारीहरु सहभागी थिए ।