Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

आफैले सरकारी ‘क्वार्टर’ मा आगो लगाएको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी पक्राउ परेका छन् । आफू बस्ने गाउँपालिकाको सरकारी निवासमा आफैले आो लगाएको उजुरी परेपछि उनी पक्राउ परेका हुन् ।

गत २४ फागुनको राति प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी सुतिरहेको समयमा अज्ञात समूहले आक्रमण गरेको भन्दै नजिकै रहेको इलाका प्रहरी कार्यालयमा पुगेका थिए । प्रहरी निवासमा आउँदा झ्यालको सिसा फुटेको र निवासभित्र आगलागी भइरहेको थियो । तर, प्रहरी अनुसन्धानमा सो घटनामा गराउन कुनै वाह्य व्यक्ति संलग्न भएको नभेटिएको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंह घटना अधिकारी आफैंले गराएर सरकारी सम्पत्तिमा क्षति पुर्‍याएको भन्दै गाउँपालिकाले नै अधिकारीविरुद्ध जाहेरी दिएको छ । त्यसकै आधारमा उनलाई आइतबार नै प्रहरीले पक्राउ गरेको उनले जानकारी दिएका छन् ।

उनीमाथि जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको हो । घटनापछि कर्मचारीका विभिन्न संघ संगठनले आक्रमणको प्रयासको विरोध गर्दै अनुसन्धान गरेर दोषीमाथि कारवाहीको माग थिए । २०८० भदौमा अधिकारी मार्मा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर गएका थिए ।

‘आपराधिक उपद्रव गरेको अभियोगमा उहाँमाथि अनुसन्धान भइरहेको छ,’ सिंह भन्छन्, ,‘अहिलेसम्मको अनुसन्धानमा सो घटना गराउन त्यहाँ बाह्य व्यक्ति संलग्न भएको भेटिएको छैन ।’ घटनापछि प्रमुख प्रशासकीय अधिकृत अधिकारीले आफू झ्यालबाट हाम फालेर बाहिर निस्किन सफल भएको बताएका थिए । जिल्ला प्रहरी कार्यालयको टोली समेत पुगेर घटनाबारे अनुसन्धान गरेको थियो । तर, तथ्यले भने घटनामा अधिकारी नै संलग्न भएको भेटिएको जनप्रतिनिधिहरूको दाबी छ ।