Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

महरा पक्राउबारे ओलीको टिप्पणीः माओवादी होइन्, सुन तस्कर पक्राउ पर्ने हुन्

सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले आफूतिर नलागेको झोकमा गृहमन्त्री रवि लामिछानेलाई फसाउन र बदनाम गर्न लागेको टिप्पणी गरेका छन् ।

प्रेस चौतारी नेपाल कैलाली शाखाले आज मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले भने, ‘रवि लामेछाने सहकारीमा संलग्न भएको, सहकारी डुबाएको वा अरु कुनै कुरा प्रमाणित भएको छैन । तर, कांग्रेसले आफूतिर नलागेकाले बदनाम गर्न र फसाउन खोजिरहेको छ ।’

उनले आफू प्रधानमन्त्री भएको बेला शेरबहादुर तामाङ र गोकुल बास्कोटाको प्रसङ्ग उल्लेख गर्दै भने, ‘मैले बोलाई चिप्लेकै कारण शेरबहादुर तामाङ र गोकुल बास्कोटालाई फिर्ता बोलाए, तर, भएको केही पनि थिएन । नेपाली कांग्रेसका मन्त्री त झण्डा हल्लाउँदै अख्तियार गएका थिए, सबैले देखेको होइन, अनी अहिले गृहमन्त्रीका बारेमा कुन नैतिकताले प्रश्न उठाउने?,’ ओलीले प्रश्न गरे । उनले कांग्रेसले सरकार छोडनु परेको पीडामा छाती पिटिरहेको आरोप समेत लगाए ।

‘कांग्रेसको अहिलेको कदम,सरकारबाट बाहिरिएको पीडा हो । उसले सरकारबाट बाहिरिएको पीडामा छाती पिटेर रुँदै के भन्छ? त्यसलाई धेरै महत्व दिइराख्नुपर्ने आवश्यकता छैन,’ ओलीले भने । सुनकाण्डमा माओवादीका उपाध्यक्ष पक्राउ परेको घटनामा पत्रकारहरूले राखेका जिज्ञासामा ओलीले भने, ‘सोमबार माओवादीका नेता पक्राउ परेका होइनन् । माओवादीका नेता पक्राउ पर्दैनन् तर अनुसन्धानभित्र आएका जोकोही पनि पक्राउ पर्न सक्छन् ।’

उनले त्यतिबेला नेकपा एमालेले सुनकाण्डका बारेमा आयोग वा छानविन समिति गठन हुनुपर्छ भनेर राखेको अडान अहिले पुष्टि भएको जिकिर गरे । ‘त्यतिबेला हामीले आयोग गठन हुनुपर्छ भन्यौं, तर कांग्रेसले २ महिला ढिलो गरिदियो,’ उनले भने ।