Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

ओली र राजेश हमालबीच आज सिनेमा संवाद

सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सिनेमा संवाद हुँदैछ । नेपाली सिने जगतका महानायक राजेश हमालले पूर्व प्रधानमन्त्री ओलीसँग सिनेमा संवाद गर्न लागेका हुन् ।

सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन ओलीसँग सिनेमा संवाद हुन लागेको हो । सो संवाद राष्ट्रियसभा गृह, प्रदर्शनी मार्गमा बिहान ११ः३० बजेदेखि सुरू हुने आयोजकले जनाएका छन् । 

नेपालको इतिहासमा पहिलो पटक पूर्व प्रधानमन्त्रीसँग सिनेमा संवाद हुन लागेको हो ।