‘प्रधानमन्त्रीलाई कांग्रेसले पनि मत देओस्’
सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता परिर्वतन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूले गरेको दाबी गरेका छन् । आज बुधबार संसद् बैठकमा बोल्दै ओलीले नेपाली कांग्रेसले पनि धोका दिने भन्दै इमानका कुरा गर्न नमिल्ने दाबी गरे ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई अघिल्लो पटक सरकारमा नभएपछि विश्वासको मत दिएकाले अहिले किन नदिने भनी प्रश्न उठाए । ‘हजार मुसा खाएपछि बिरोलो घण्टी बाँधेर पशुपति’ भनी ओलीले टिप्पणी गरे । ओलीले नेपाली कांग्रेसले धोका नदिने भनी संसद्मा भनेकोप्रति व्यंग्य गरेका छन् । उनले अहिलेको परिर्वतन कसैले वा कुनै देशले नभएको भन्दै आफू र माओवादीका अध्यक्ष प्रचण्डले गरेको दाबी गरे । उनले नेपाली कांग्रेससँग कुनै गुनासो नरहेको तर विगत मात्र आफूले भनेको दाबी गरे ।
‘प्रधानमन्त्रीलाई कांग्रेसले पनि मत देओस्’
एमाले संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन आग्रह गरेका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै एमाले अध्यक्ष ओलीले कांग्रेसलाई यस्तो आग्रह गरेका हुन् ।
‘विगतमा एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुँदै गर्दा कांग्रेस हतारिएर विश्वासको मत दिन दौडिएको थियो,’ ओलीले भने, ‘अहिले पनि प्रधानमन्त्री प्रचण्ड नै हुनुहुन्छ । हिजोसम्म उहाँहरूले समर्थन गर्नु भएकै हो । त्यसैले आज पनि उहाँलाई मत दिँदा हुन्छ ।’