Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

पुर्वमन्त्री दुर्गा श्रेष्ठ राप्रपा नेपालमा प्रवेश

पुर्वमन्त्री दुर्गा श्रेष्ठ राप्रपा नेपालमा प्रवेश गरेकी छिन। श्रेष्ठ तत्कालीन तनहुँ बिकास समितिको सभापति पनि थिईन । श्रेष्ठसहित स्वतन्त्र नागरिक समाजका संयोजक रामकुमार रिजाल, राप्रपा काठमाडौंका उपाध्यक्ष जयराम अधिकारी,काठमाडौं महानगर समितिका सह-सचिब सन्तोष रायमाझी,दिनेश अधिकारी, फुटबल खेलाडी देवान घले, प्रहरी सेवामा रहि अबकास प्राप्त बिजय प्रताप शाह,नेपाली सेनाबाट अबकास प्राप्त कृष्णजङ्ग बहादुर सिंह,ब्यबसायी तथा समाजसेवी शुभाष बिष्ट लगायत दर्जनौ ब्यक्तिहरु राप्रपा नेपाल प्रवेश गरेका हुन् ।

राप्रपाले आज आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाले सबैलाई पार्टी सदस्यतासहित स्वागत गरेका थिए । नब-प्रबेशी दुर्गा श्रेष्ठले कमल थापाको नेतृत्वमा राष्ट्रबादी आन्दोलनलाई उत्कर्षमा पुर्याउने र राप्रपा नेपाललाई बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउने काममा योगदान दिन आफू राप्रपा नेपालमा आबद्ध भएको बिचार ब्यक्त गरिन ।

पार्टी अध्यक्ष थापाले सक्रियताको आधारमा कामको जिम्मेवारी र भुमिका दिने भन्दै संगठन निर्माणमा केन्द्रित हुन सबैलाई आग्रह गरे ।