Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

माओवादीबाट प्रधानमन्त्री प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रिसभा अध्यक्षको उम्मेदवार

सत्तारुढ नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । 

माओवादी केन्द्रका एक पदाधिकारीले दिएको जानकारीअनुसार पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का भाइ नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको हो । उनी राष्ट्रिपतिद्वारा मनोनित राष्ट्रिय सभा सदस्य हुन् ।

नारायणको कार्यकाल चार वर्षको रहेको छ । राष्ट्रिय सभाको निर्वाचन फागुन २९ का लागि तोकिएको छ ।  उम्मेदवारी मनोनयन दर्ता भने सोमबारका लागि तोकिएको छ राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।