Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

कांग्रेसबाट युवराज शर्मा राष्ट्रियसभा अध्यक्षको उम्मेदवार

नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने भएको छ । आज आइतबार बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको हो ।

यसअघि कांग्रेसबाट राष्ट्रियसभाको अध्यक्षको उम्मेदवार नेता कृष्णप्रसाद सिटौला बन्ने चर्चा थियो । तर कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाएको छ । ७३ वर्षीय शर्मा कांग्रेस बाँकेका पूर्व सभापति हुन् । उनी २०७८ माघमा भएको राष्ट्रिय सभा चुनावबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए । राष्ट्रिय सभामा कांग्रेसका १६ जना सांसद छन् ।

राष्ट्रिय सभा अध्यक्ष चुनावका लागि सोमबार मनोनयन दर्ताको कार्यक्रम छ । राष्ट्रिय सभा अध्यक्ष पदका लागि यसअघि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला आकांक्षी थिए । उनलाई सभापति देउवाले शनिबार राष्ट्रिय सभा दल नेता मनोनीत गरेका थिए । सत्ता गठबन्धन परिवर्तन भएसँगै सिटौला राष्ट्रिय सभा अध्यक्ष पदका लागि उम्मेदवार भएनन् ।