Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

राप्रपाको पार्टी कार्यलय भित्रै कुटाकुट, भागेर निस्किन खोज्दा ढोकामै कुटिए ठाकुर मोहन श्रेष्ठ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ठाकुर मोहन श्रेष्ठमाथि कुटपिट भएको छ ।

पार्टी कार्यालय, धुम्बाराहीस्थित केन्द्रीय कार्यलयमा अध्यक्ष राजेन्द्र लिंदेनको कार्यकक्षबाट निस्कने क्रममा श्रेष्ठमाथि हातपात भएको हो ।  लिङ्देनको कार्यकक्षबाट बाहिर निस्किएका उनलाई केही युवाले पछ्याएका थिए । भागेर निस्किन खोजेका उनी ढोकामै कुटिए ।

पछि बुद्धिमान तामाङलगायतका नेताहरुले छुट्याएका थिए । आक्रमण गर्ने को हुन् र किन आक्रमण गरेका हुन् भन्ने नखुलेको एक नेताले बताए ।