Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

प्रचण्डलाई गोरखा–२ मा जिताएका बाबुरामले गरे अर्को चुनाव आफै लड्ने घोषणा

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले २०८४ मा हुने चुनावमा आफ्नो निर्वाचन क्षेत्र गोरखा–२ बाटै लड्ने घोषणा गरेका छन् ।

त्यहाँका मतदाताहरूसँग वृहत छलफल गरेपछि आएको सुझावलाई ग्रहण गर्दै भट्टराईले गोरखा–२ बाटै चुनाव लड्ने तयारी थालेको नेसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । मतदातासँगको छलफलका क्रममा पूर्व प्रधानमन्त्री भट्टराईले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने निर्णयमाथि पुनर्विचार गर्न आएको सुझावलाई स्वीकार गरेको उनी निकट मानिने पाण्डेको भनाइ छ ।

‘नेसपा अध्यक्ष भट्टराई केहीअघि लामो अवधि गोरखा यात्रामा हुनुहुन्थ्यो । त्यस क्रममा आफू यसअघिको चुनावमा विजयी भएको निर्वाचन क्षेत्र गोरखा–२ का मतदातासँग उहाँको वृहत् छलफल भएको थियो,’ उनले फेसबुकमा लेखेका छन्, ‘सो क्रममा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने निर्णयमाथि पुनर्विचार गर्न आएको सुझावलाई उहाँले स्वीकार गर्नु भएको छ । अब उहाँ २०८४ को निर्वाचनमा गोरखा–२ मा उम्मेदवार हुनु हुनेछ ।’

–२ भट्टराईको चुनावी क्षेत्र हो । तर गत आम निर्वाचनमा भने भट्टराईले प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि त्यो क्षेत्र छोडेका थिए । उनी भने कतै उम्मेदवार बनेका थिएनन् । तर प्रचण्डको अस्थिर राजनीतिको आलोचना गर्दै आएका डा. भट्टराईले निर्वाचन आयोग र संसद सचिवालयलाई पत्र लेखेर आफ्ना दुई सांसदलाई नेसपाकै मान्यता दिन आग्रह गरेका छन् । डा. भट्टराई गोरखा–२ मा लोकप्रिय मानिन्छन् । उनले तत्कालीन वाम गठबन्धनको बेला पनि नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए ।