Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

पार्टीलाई आत्मनिर्भर बनाउन विप्लवले थाले जुम्लामा स्याउ खेती

तराईमा धान खेती गरिरहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले जुम्लाको चन्दननाथ–२ हाडुल्लेमा हिजोदेखि स्याउको बोट रोप्न थालेका छन् । त्यहीबेला विप्लवले तीन बर्षभित्र पार्टीलाई आत्मनिर्भर बनाउँदै चन्दामुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विप्लवले भने, ‘क्रान्ति गर्नु मात्र ठूलो कुरा होइन, हामीले क्रान्तिलाई उत्पादन र अर्थतन्त्रसँग जोड्न सकेनौँ, आज क्रान्तिप्रति वितृष्णा छ, विचलनता देखिएको छ, यसलार्ई चिर्न नेकपाले नवौं महाधिवेशनबाट आत्मनिर्भर अर्थतन्त्रको नीति अगाडि बढाएको छ ।’

biplaw.webp

नेकपा तराईमा धान, तोरी तरकारी, पहाडमा फलफूल र हिमालमा जडिबुटी उत्पादन अभियानमा रहेको नेकपाका केन्द्रीय प्रचार विभाग सदस्य प्रकाश डुम्रेले जानकारी दिएका छन् । कार्यक्रममा सिजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले विप्लवले जुम्लामा स्याउ लगाउने योजना बनाएर आत्मनिर्भर अर्थतन्त्रको कुरा उठाउनु सकारात्मक भएको भन्दै यो नेकपाको योजना मात्र नभएर सबैको योजना भएको बताए ।