नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्रीले काँध नफेरे पनि खुट्टा फेरिरहन शुभकामना दिएका छन् । आज बिहीबारको प्रतिनिधि सभा बैठकमा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले ‘सरकारलाई काँध फेर्ने छुट छैन’ भनेपछि खतिवडाले कटाक्ष गरेका हुन् ।
‘काँध फेर्ने कुरा आयो । काँध नफेरे पनि खुट्टा फेरिरहनुस् शुभकामना’, प्रतिनिधि सभाको शून्य समयमा उनले भने । खतिवडाले अब सरकारलाई जनताले पनि भेटुन् भन्ने शुभकामना व्यक्त गरे । उनले सहकारी पीडितहरूले न्याय पाउन् भन्ने शुभकामना पनि दिए ।
‘सहकारी ठगहरूले कारबाही पाउन् । मिटरब्याजीले न्याय पाउन् । लघुवित्त पीडितले न्याय पाउन् । उपप्रधानमन्त्रीहरूको लस्कर हेर्दा पहिलो लहर भरिएकै छ । अझ उपप्रधानमन्त्री तलसम्म आउने अवसर प्राप्त होस् शुभकामना’, उनले भने ।