Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

एमालेसँग तत्काल कार्यगत एकता गरेर जान सकिन्छः झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमालेसँग तत्कालका लागि कार्यगत एकता गरेर जान सकिने बताएका छन् ।

वामपन्थी एकताको पक्षमा वकालत गर्दै आएका उनले तत्कालका लागि एमालेसँग कार्यगत एकताका साथ अघि बढ्न सकिने सम्भावना रहेको बताएका हुन् । सम्मानित नेता खनालले एमालेसँग एकता गरेर जान नहुने भन्ने नरहेको बताएका हुन् । उनले नेताहरूमा रहेका आग्रह, पूर्वाग्रह र इगो अन्त्य गर्न सके एमालेसँगको एकीकरण गर्न कुनै गाह्रो नभएको बताए । एकता अंकमाल गरेर, रमाइलोसँग भेटघाट गरेर, लड्डु खाएर नहुने सम्मानित नेता खनालको भनाइ छ ।

खनालले वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तमा कुरा मिल्दै गएपछि एमालेसँग एकीकरण गरेर जान कुनै समस्या नहुने स्पष्ट पारे । सम्मानित नेता खनालले कार्यगत एकताका आधारमा कम्युनिष्टहरूबीच नै एकीकरणको प्रक्रिया सुरु हुने बताए । नेता खनालले कम्युनिष्टहरूबीचको एकताका लागि नेकपा विभाजनका बेला नेताहरूले आ–आफ्नो ठाउँबाट गल्ती गरेको उल्लेख गर्दै कमजोरी सच्याएर अघि बढ्ने संकल्प गर्नुपर्ने आवश्यकता रहेको बताए ।