Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

सत्ता गठबन्धनका चार दलबीच भागबण्डाको सहमति, कसलाई कुन र कति मन्त्रालय?

सत्ता गठबन्धनका चार दलबीच मन्त्रालय भागबण्डामा सहमति जुटेको छ ।

आज बिहान बालुवाटारमा बसेको गठबन्धनको कार्यदलले एमालेलाई ८, माओवादीलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय राख्ने सहमति जुटाएको हो । बाँकी चार मन्त्रालय भने नेकपा एकीकृत समाजवादीलगायत गठबन्धनमा थपिनसक्ने दलका लागि बाँकी राखिएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

 अहिलेसम्म गृह रास्वपा सभापति रवि लामिछानेले पाउने करिब निश्चित भएको छ भने अर्थ प्रधानमन्त्रीले आफ्नै दलबाट बनाउँदा वर्षमान पुनको सम्भावना बढेको छ ।