संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सुदन किराँतीले सरकारी निवास छाडेका छन्। उनले सामाजिक संजाल फेसबुकमार्फत लेख्दै सरकारी निवास छाडेको जानकारी दिएका छन्।
उनले लेखेका छन्ः आज सरकारले दिएको निवास छोडेर जाँदैछु । पस्दा मलाई धेरै डर लागेको थियो तर निस्कदा खुसी छु । मेरो आमाले भन्नू हुन्थ्यो 'जिम्मेवारी पाउनु गाह्रो कुरा हो त्यो भन्दा गाह्रो त पूरा गर्नु हो' ४१३ दिन मन्त्री पदमा बसेर देश र जनताको सेवा गरे। यो अवसर प्रदान गर्नु हुने प्रधानमन्त्री 'प्रचण्ड', मेरो पार्टी, मलाई मत दिनुहुने मतदातहरु र संसारका कुना-कुना बाट मलाई सहयोग र सहानुभूति दिनुहुने सम्पूर्ण महानुभावहरुमा धन्यवाद ज्ञापन गर्दछु । म र मेरो टिमले सकेको कोशिस गरेकाछौँ । हामीले रोपेको बिरुवामा धेरै कोपिला लागेको छ, आउने मालीले फक्राउनु हुनेछ भन्ने विश्वास लिएकोछु ।
मैले यहाँ बस्दा मेरो वुवाको एक प्राण लिने मृत्यु मात्र देखिन मेरो राजनीतिक जीवनको हजार मृत्युहरु पटक पटक देखे र राजनितिक मृत्युलाई मैले छल्न सके तर प्राणलिने मृत्युलाई वुवाले छल्नु सक्नु भएन । सत्य यो रहेछ कि भौतिक मृत्यु माथी अठोट र ईमानले जित्न नसकिदो रहेछ तर राजनीतिक मृत्युलाई अठोट र ईमानले जित्न सकिदो रहेछ ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले काँग्रेससँगको गठबन्धन तोड्दै एमालेसँग गठबन्धन गरेपछि सबै मन्त्री बर्खास्त भएका थिए। सबै २१ वटा मन्त्रालयको जिम्मा अहिले प्रधामन्त्री प्रचण्डलाई तोकिएको छ। सोमबार नयाँ गठबन्धनबाट तीन जना मन्त्री नियुक्त गरेपनि उनीहरु विनाविभागीय राखिएको छ।