Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

विष्णु पौडेलसहित बालुवाटार पुगे ओली, चार दलको बैठक बस्दै

‘प्रधानमन्त्रीले चिया खान बोलाउनु’ भा होला’

नेकपा माओवादी केन्द्रसँग नयाँ गठबन्धन गरेर सरकार गठन गर्ने चर्चा चलिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । निजी निवास बालकोटमा पार्टीको सचिवालय बैठक सके लगत्तै उनी बालुवाटार पुगेका हुन् ।

साथमा पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई लिएर अध्यक्ष ओली केही बेरअघि बालुवाटार गएको उनको सचिवालयले जानकारी दिएको छ । बालकोटबाट निस्किँदै गर्दा ओलीले सरकार परिवर्तनको कुरा प्रधानमन्त्रीले जान्ने विषय भएको भएको बताए । ‘प्रधानमन्त्रीले चिया खान बोलाउनु’ भा होला’, पत्रकारको जिज्ञासामा उनले भने। ।

बालुवाटारमा चार दलको बैठक बस्दै प्रधानमन्त्री निवास बालुवाटारमा चार दलको बैठक बस्ने भएको छ । सोमबार बिहान १० बालुवाटारमा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको बैठक बस्न लागेको हो । अहिलेको सत्ता गठबन्धन टुटाएर नयाँ गठबन्धन बनाउने तयारीका लागि बैठक बोलाइएको हो । बैठकमा सत्ता समीकरणबो विषयमा छलफल हुनेछ ।