Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

बुवा-आमाको ममताबाट चार वर्षको उमेरदेखि टाढिएकी थिइन् शालिन पोखरेल, १० वर्षअघि गरेका थिए सम्बन्धविच्छेद

पाकिस्तानीसँग बिहे गरेकी आमा विदेशमा, बुबा कान्छी ल्याएर काठमाडौंमा

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन विद्यालयमा कक्षा–८ मा अध्ययनरत शालिन गत फागुन १२ गते सोही स्कुलद्वारा सञ्चालित होस्टेलमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । 

शालिन चार वर्षको उमेरदेखि रत्ननगर-१२ स्थित मावलीमा बस्दै आएकी थिइन्। उनी दुई वर्षदेखि मात्रै उक्त स्कुलको होस्टेलमा बस्दै आएकी थिइन्। उनका बुवा-आमाले १० वर्षअघि सम्बन्धविच्छेद गरेका थिए। उनकी आमाले पाकिस्तानी नागरिकसँग बिहे गरेर विदेशमै घरजम गरिरहेकी छिन्। उनका बुवा काठमाडौं बसुन्धरामा कान्छी श्रीमती साथ बसिरहेका छन्।

‘उनीहरूले आवश्यक पर्दा बच्चालाई वार्डेनमार्फत् फोन गर्थे भन्ने बुझिन्छ, होस्टलमा मोबाइल बोक्न दिइएको थिएन,’ भण्डारीले भने। शवको प्रारम्भिक विवरणअनुसार उनको गालानेर डाम छ। घाँटीमा डोरीको डाम छ। शरीरका अन्य भागमा प्रहरीले प्रारम्भिक अनुसन्धानमा कुनै बाहिरी चोटपटक भेटेको छैन। सुरूमा बलात्कार भएको नदेखिएकाले रिपोर्ट आएपछि नै सबै कुरा जानकारीमा ल्याइने प्रहरीले जनाएको छ। परिवारका सदस्यले शालिनको हत्या भएको दाबी गर्दै ज्यानसम्बन्धी कसुरमा तीन जनाविरूद्ध किटानी जाहेरी दिएका छन्।

शालीन पोखरेलको मृत्यु प्रकरणमा प्रहरीले घटनाको अनुसन्धान प्रभावित हुने गरी कुनै पनि सामाग्रीहरु सम्प्रेषण नगर्न अनुरोध गरेको छ।  साथै होस्टेलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी बालिका शालीन पोखरेलको मृत्यु प्रकरणमा वैज्ञानिक तथ्यका आधारमा अनुसन्धान जारी रहेको चितवन प्रहरीले जनाएको छ।  उक्त घटनाका विषयमा सञ्चारमाध्याम तथा सामाजिक सञ्जालमा फरकफरक धारणाहरु सार्वजनिक भइरहेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाउँदै चितवन प्रहरीले घटनाको अनुसन्धान प्रभावित हुने गरी कुनै पनि सामाग्रीहरु सम्प्रेषण नगर्न अनुरोध गरेको छ। 

चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले आज एक सूचना जारी गरी वैज्ञानिक तथ्यका आधारमा वस्तुनिष्ठ अनुसन्धान जारी रहेको र वैज्ञानिक परीक्षणको रिपोर्ट हालसम्म प्राप्त नभइसकेको अवस्थामा अनुसन्धान कार्यमा प्रभाव पार्ने गरी कुनै पनि विषयवस्तु सम्प्रेषण नगर्न अनुरोध गरेका हुन्। 

यही फागुन १२ गते उक्त घटना भएको थियो। परिवारकातर्फबाट बलात्कारपछि हत्या भएको आरोपमा किटानी जाहेरी समेत परेको छ। प्रहरीले स्कुलका प्रिन्सिपल बालहरि देवकोटासहित तीन जनालाई पक्राउ गरेको छ। स्कुल पक्षले भने आत्महत्या गरेको दावी गर्दै आएको छ।