Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शर्मिला वाइबालाई थप चार दिन हिरासतमा राख्न अनुमति

हाँस्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई चप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको छ । जिल्ला अदालत काठमाडौंले हिजोबाट लागू हुने गरी चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

वाइबा हाल महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा छिन् । वाइबाले आफूलाई कुटपिट र ब्ल्याकमेलिङ गरेको भन्दै म्याकुरीले महाराजगञ्ज प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले मंगलबार सिन्धुपाल्चोकको बाह्रबिसेबाट वाइवालाई पक्राउ गरेको थियो ।

वाइबाविरुद्ध कुटपिटसम्बन्धी अभियोग दावी भएमा उनलाई अधिकतम ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने जनाइएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १९१ मा कुटपिट गरेमा हुने सजायबारे उल्लेख छ ।