Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

शिखर इन्स्योरेन्सले बोलायो साधारणसभा, लगानीकर्ताको हात खाली!

शिखर इन्स्योरेन्सले वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले चैत ९ गते वार्षिक साधारण सभा गर्न लागेको हो । सभा इन्स्योरेन्सको केन्द्रीय कार्यालय शिखर विज सेन्टरमा बिहान ११ बजे देखि सुरु हुने छ । यसले लभांश प्रस्तावबिना नै साधारण सभा डाकेको हो ।

यसअघि नै सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरिसकेको हो। सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

साथै, साधारण सभाले संस्थापकतर्फ ३ जना र सर्वसाधारण १ जना सञ्चालक निवार्चन गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले फागुन २७ गते बुक क्लोज गर्ने भएको छ । फागुन २४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउँनेछन् । फागुन २५ र २६ गते क्रमाशः शुक्रबार र शनिबार परेकाले सेयर कारोबार हुँदैन ।