Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

बैतडीमा मलामी बोकेको जीप दुर्घटनाः एकको मृत्यु, ६ जना घाइते

बैतडीमा मलामी बोकेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । बिहीबार दिउँसो डिलासैनी गाउँपालिका–१ को घरटामा गन्नादेखि धाउलातर्फ गइरहेको जाँदै गरेको सुपप्र ०१००१ च ३१४६ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा डिलासैनी गाउँपालिका–१ को धौला बस्ने ५० वर्षीय गोपालबहादुर बोहरा रहेका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार बोहराको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ६ जनाको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।

 जीपमा चालकसहित १७ जना सवार रहेका थिए । जीप चालक डिलासैनी गाउँपालिका–६ बस्ने २२ वर्षीय धनबहादुर कठायत फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।