चर्चित गायक हेमन्त शर्मा र गायिका बिन्दु पौडेलले स्वर रहेको नयाँ गीत ‘धर्तीमाथि जून’ सार्वजनिक भएको छ। उक्त गीत माया प्रेमसँग सम्बन्धित छ। तिम्रै बन्ने चाहना भए कै कारणले गर्दा आफू यो धर्तीमा आएको आसय गायकले व्यक्त गरेका छन। भने यता गायिकाले प्रेमीको हात समाउने चाहना भएको र त्यहीँ बाहाना आफूले खोजिरहेको उक्त गीतमा बताएकी छन।
यसैगरी प्रेमीकासँगको यात्रा श्वणीम रहेको र आफूले माया गरेको मान्छेलाई नभेट्दा टोलाएको अनुभव भएको। प्रेमिकाको माया मनमा धेरै रहेको धर्ती नसकुन्जेलसम्म आफ्नो माया मर्न नदिने, प्रेमिकाको लागी आफ्नो ज्यान हाजिर भएको जस्ता भावहरू सो गीतमा पाइन्छ। उक्त गीतमा आवाजका मिठो स्वरका धनी हेमन्त सर्माले स्वर भरेका छन। सार्वजनिक गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ।
गीतमा संगीत संयोजन नरेन्द्र बियोगीले गरेका छन्। गायक शर्माले ‘उता परेली झिम झिम’को सफलता पछि गायिका पौडेलसँगको सहकार्यमा नयाँ गीत सार्वजनिक गरेका हुन्। गीतको म्यूजिक भिडियोमा बिरलै देखिने चलचित्रका नायक अनुप विक्रम शाहीले अभिनय गरेका छन्। शाहीसँग मोडल कबिता नेपाली पहिलो पटक सहकार्य गरेकी छिन्। अभिनेता शाहीले गीत मन परेर म्यूजिक भिडियोमा काम गरेका बताएका छन्।
गीतको मिक्सिङ तथा मास्टरिङ श्याम स्वेत रसाईलीले गरेका हुन्। नवराज उप्रेतीले छायांकन गरेको भिडियो सम्पादन अमृत चापागाईंले गरेका छन्। भिडियो निर्देशन मौसम हिमालीले गरेका हुन्। गायिका बिन्दु पौडेल हाल अष्ट्रेलियाको तास्मानियामा बस्दै आएकी छन्। विदेशी भूमिमा रहेर पनि पौडेलको नेपाली गीत संगीतप्रतिको लगाव भने उत्तिकै छ। उक्त गीतले यति बेला निकै चर्चा बटुलिरहेको छ ।