Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

नेदरल्यान्ड्सको पूर्वप्रधानमन्त्री र पत्नीले सँगै लिए ‘इच्छा मृत्यु’

नेदरल्यान्ड्सका पूर्वप्रधानमन्त्री ड्राइस भान एग्ट र उनकी श्रीमती युजीन कानूनी इच्छा मृत्युबाट निधन भएको छ । दुवै जना लामो समयदेखि बिरामी थिए ।चिकित्सकको सहयोगमा दुवैले अन्तिम सास फेरेका छन् र अन्तिम क्षणसम्म एकअर्काको हात समातेर साथ दिएको घटनाले यतिखेर नेदरल्याण्डमा शोकको अवस्था छ ।  नेदरल्याण्ड्सको एक कानूनी अधिकार संगठनका अनुसार उनीहरुलाई नजिकैको चिहानमा गाडिएको थियो । यूजीनले आफ्नो पूर्व पत्नीलाई धेरै माया गर्थे। केही वर्षअघि युजीनले भनेकी थिइन्– उनी अझै पनि मलाई मेरी केटी भन्छन् ।

श्रीमान एग्ट १९७७ देखि १९८२ सम्म नेदरल्याण्ड्सको प्रधानमन्त्री थिए। उनी क्रिस्चियन डेमोक्रेट पार्टीका सदस्य थिए। नेदरल्यान्ड्समा सन् २००० मा इच्छामृत्युलाई कानुनी मान्यता दिइएको थियो। यसअन्तर्गत  ‘निको नहुने रोगबाट पीडित वा स्वास्थ्यमा सुधारको सम्भावना नभएको’ व्यक्तिले इच्छा मृत्युका लागि अनुरोध गर्न सक्नेछन् ।

New Project (6).png

मिडिया रिपोर्टका अनुसार ६८ वर्ष सँगै बसेपछि एग्ट र युजीनले आफ्नो मृत्युको समय र दिन आफैं तय गरेका थिए । यस अवधिमा चिकित्सकहरूको प्यानल उपस्थित थियो। एग्गेटलाई सन् २०१९ मा ब्रेन हेमरेज भयो। त्यही क्रममा उनले एउटा सेमिनारमा मन्तव्य दिइरहेका थिए । कयौं पटक पार्टीको सीमा नाघ्ने गर्थे । त्यसैले पनि विरोध भएको थियो । यही कारणले उनले २०१७ मा पार्टी छाडेका थिए ।  उनी इजरायलका विरोधी र प्यालेस्टाइनका कट्टर समर्थक थिए। यी दम्पतीका तीन सन्तान रहेका छन् ।


नेदरल्याण्डमा इच्छामृत्युः

नेदरल्याण्डमा इच्छा मृत्युको लागि स्वीकृति प्राप्त गरेपछि डाक्टरहरूले सामान्यतया सम्बन्धित व्यक्तिको घरमा अन्तिम मिनेट प्रक्रिया गर्छन्। यस क्रममा बिरामीलाई विशेष प्रकारको इन्जेक्सन दिइन्छ र केही मिनेटमै उनको सास रोकिन्छ। विशेष कुरा यो हो कि यो मामिला मृत्यु पछि पनि छानबिन हुन्छ। चिकित्सकको अलिकति पनि लापरवाही देखिए १२ वर्षसम्म कैद हुनसक्छ । २०२२ मा नेदरल्याण्डमा कुल ८५०१  मानिसहरूले यस कानूनी विधि मार्फत आफ्नो जीवन बलिदान दिएका छन् ।