Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

मेयर बालेन वडाध्यक्षहरुसँग रुष्ट, भन्छन्– ‘चोर भन्दा कसले खुट्टा तान्छ भन्ने जगजाहेर छ’

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कर्मचारी स्वयम्ले आफूले गलत गरेको लिखितरूपमै स्विकार्दा समेत वडाध्यक्षहरु बचाउने खेलमा लागेको आरोप लागएका छन् । कार्यपालिकाको मंगलबारको बैठकमा बोल्दै प्रमुख शाहले आफूले कारबाहीका लागि कुरा उठाउँदा मेयरले एकलौटी गर्न पाइदैन भनेर छोप्न खोजेको भन्दै असन्तुष्टि पोखे ।

‘यति हुँदाहुँदै पनि अब के गर्ने भनेर कार्यपालिकाबाट अगाडि बढाउन रोक्नुको अर्थ हो, वडाअध्यक्षज्युहरुको आफ्नो पार्टीको कर्मचारीलाई बचाउने खेल । यसलाई कर्मचारीको मनोबल के हुन्छ, मेयरले एकलौटी गर्न पाइदैन भन्ने जस्ता प्रश्नले छोप्न खोजिन्छ । साँच्चै भ्रममा हुनुहुन्छ भने निस्कनु होला,ु उनले भने, ‘चोरभन्दा कसले खुट्टा तान्छ भन्ने जगजाहेर छ । चोर भन्दा झस्किएर आफ्नो खुट्टा तान्नेहरूप्रति हाम्रो शंका छ । प्रष्ट हुनुहोस्, गलत कृत्यलाई कारबाही गर्दा भ्रष्ट, कमिसनखोर कर्मचारीहरूको मात्रै हो मनोबल खस्किने । स्वच्छ कर्मचारीहरूको मनोबल झन् उँचो हुन्छ । गलत काम गर्ने जो कोहीलाई पनि कारबाही गरिनु पर्छ भन्ने उच्च मनोबलका कर्मचारीहरूको काठमाडौ महानगरमा कमी छैन ।’

आफ्ना पार्टीका कर्मचारीलाई बचाउने जनप्रतिनिधिहरुले स्थानीय सरकारको मर्म आत्मसात गर्न नसक्ने उनको भनाइ थियो । जनप्रतिनिधिहरुले जनताबाट म्यान्डेट लिएर आउने भएकाले कर्मचारीहरूले संविधान, ऐनकानुनको सीमामा बसेर सहयोग गर्नुपर्ने उनको धारणा थियो ।