शनिवार, फाल्गुण १९ गते २०८०

२०८०, फाल्गुण १९गते

2nd Mar 2024

    शनिवार, फाल्गुण १९ २०८०
images
images

बाल यौन दुर्व्यवहार मुद्दाको सजाय माफमा आलोचना, हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा

बाल यौन दुर्व्यवहार मुद्दाको सजाय माफमा आलोचना, हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा

आइतवार, माघ २८ २०८०
आइतवार, माघ २८ २०८०
  • बाल यौन दुर्व्यवहार मुद्दाको सजाय माफमा आलोचना, हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा

    हंगेरीकी राष्ट्रपतिले आफ्नो पदबाट राजीनामा दिएकी छन् । बालगृहका बालबालिकामाथि यौन शोषण गरेको मुद्दामा दोषी ठहरिएका एक अभियुक्तको सजाय माफ गरिदिएको विषयमा आलोचना भएपछि हंगेरीका राष्ट्रपति क्याटालिन नोभाकले राजीनामा दिएकी हुन् । क्याटालिन नोभाकले शनिबार राजीनामाको घोषणा गरेकी हुन् ।

    ४६ वर्षीया क्याटालिन नोभाकले आफूले गल्ती गरेको भन्दै राष्ट्रपति पदबाट राजीनामा दिने निर्णय गरेको बताएकी छन् । नोभाकले भनिन्, ‘मेरो निर्णयबाट पीडित सबैसँग म माफी चाहन्छु । म सधैं बालबालिका र परिवारको सुरक्षाको पक्षमा छु र रहनेछु।’

    क्याटालिन नोभाकले बालगृहका पूर्व उपनिर्देशकको सजाय माफ गरेकि थिइन् । बालगृहका बालबालिकालाई आफ्नै हाकिमले यौन दुर्व्यवहार गरेको अपराध लुकाएको अभियोगमा उपनिर्देशक दोषी ठहर भएका छन् । पोप फ्रान्सिसले गत वर्ष अप्रिलमा बुडापेस्टको भ्रमण गरेका थिए। सोही अवधिमा राष्ट्रपति हुँदा क्याटालिन नोभाकले बाल गृहका उपनिर्देशकको सजाय माफी दिएकी थिइन् । गत हप्ता सञ्चारमाध्यमले यो कुरा सार्वजनिक गरेपछि मानिसहरू आक्रोशित भए। विपक्षीहरुले क्याटालिन नोभाकको राजिनामाको माग गर्दै विरोध प्रदर्शन गर्न थालेका छन् । बढ्दो विरोधका कारण क्याटालिन नोभाकले आफ्नो पदबाट राजीनामा दिएकी हुन् ।

    images

    कानुनमन्त्रीले पनि राजीनामा दिए

    क्याटालिन नोभाक कतारमा भएको वर्ल्ड वाटर पोलो च्याम्पियनसिप खेल हेर्न कतार गएकी थिइन् । विरोध बढ्दै गएपछि उनी तुरुन्तै बुडापेस्ट फर्किइन् हंगेरी फर्कने बित्तिकै उनले राजीनामाको घोषणा गरिन्। राष्ट्रपतिको राजीनामा लगत्तै हंगेरीका कानुनमन्त्री जुडित वर्गाले पनि राजीनामा दिएका छन् ।

    न्यायाधीशले नै दोषीलाई माफी दिएका थिए । तर, विपक्षी भने यस विषयमा प्रधानमन्त्री भिक्टर ओर्बेनको राजीनामाको मागमा अडिग छन् । देशमा सरकारको बढ्दो विरोधलाई शान्त पार्न, प्रधानमन्त्री ओर्बानले हालै संविधानमा बाल यौन दुर्व्यवहारको दोषीलाई माफीको प्रावधानको पुनस् समीक्षा गर्ने बताएका छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार