Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

अपांग महिला संघ बालेन र सुनितासँग रुष्ट

नेपाल अपांग महिला संघले अपांगता भएका महिलाका विषयमा जनप्रतिनिलाई संवेदनशील बनाउन निकै चुनौति देखिएको जनाएको छ । शुक्रबार राजधानीमा संघले आयोजना गरेको सिकाई तथा अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै राष्ट्रिय अपांग महासंघकी अध्यक्ष टिका दाहालले अपांगता भएका महिलालाई सशक्तिकरण गर्ने, हिंसा विरुद्ध प्रतिकार गर्न सिकाउन तालिम दिने, राजनीतिक रुपमा अपांग महिलाको पहुँच वृद्धि गर्ने अभियानमा पालिका तथा प्रदेश सरकार गम्भीर नदेखिएको गुनासो गरिन् ।

उनले भनिन्, ‘हामीले काठमाडौं महानगरपालिकामा अपांगता भएका महिलालाई सशक्तिकरण गर्न, हिंसाविरुद्ध प्रतिकार गर्न सिकाउन तालिम दिने, राजनीतिक रुपमा अपांग महिलाको पहुँच वृद्धि गर्ने उद्देश्यले अभियान चलाएका थियौं । महानगर त ठूलो छ नी, हामीले करिब तीन वर्ष काम गर्ने प्रयास गर्‍यौं । यस अवधीमा हामीले वडा अध्यक्ष तथा पालिकाका प्रमुख तथा उपप्रमुखहरुसँग भेटघाट गर्न खोज्यौं । उपमेयरसम्म त पुगियो तर मेयरसापसँग पुग्न सकेनौं ।’ यद्यपी, महानगरपालिकले अपांगता भएका व्याक्तिका लागि सांकेतिक भाषामा विचार आदान प्रदान गर्न भएको प्रयास प्रसंशनीय रहेको उनको भनाई थियो । अध्यक्ष दाहालले महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) र उपमेयर सुनिता डंगोलमाथि चरम असन्तुष्टि व्यक्त गरेकी थिइन् ।

त्यस्तै, अध्यक्ष दाहालले अपांगता भएकै कारण र अपांग महिला तथा दलित महिला त्यसमाथि पनि दलित भएका कारण तेहेरो र बहुहिंसा भईरहको भन्दै त्यसतर्फ स्थानीय तथा केन्द्र सरकारले समेत नीति निर्माणमा ध्यान दिनुपर्ने बताइन् । नेपाल अपांग महिला संघको पैरवीबाटै अपांगता भएका व्यक्तिहरुको अधिकार समबन्धी ऐन २९७४ को परिच्छेद ४ दफा १९ मा अपांगता भएका महिलाको अधिकार सम्बन्धी व्यवस्था, अपांगमैत्री प्रजनन् स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवा सम्बन्धी निर्देशिका,२०७९ र राष्ट्रिय अपांग निति २०८० लागु भएको संघको दावी छ ।

अपांगता भएका महिलाका लागि आवश्यक कार्यक्रम तथा बजेटको व्यवस्था गरिएको पनि नीति तथा कार्यक्रम चुनौतीपूर्ण रहेको संघकी अध्यक्ष दाहालको भनाई । संघले अपांता भएका महिलाको हक, अधिकार, क्षमता अभिवृद्धि, नेतृत्व विकास, आय आर्जनका लागि सीप, कानुनी अधिकारमा पहुँचको लागि पैरवी गर्दै आएको छ ।