Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

क्यानडाविरुद्ध अर्धशतक बनाउँदै कुशल भुर्तेल आउट

नेपालका ओपनर कुशल भुर्तेल क्यानडासँगको पहिलो ओडिआई खेलमा अर्धशतक बनाउँदै आउट भएका छन् । टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका ओपनर भुर्तेलले शानदार ब्याटिङ्ग गर्दै ४४ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । यसक्रममा उनले ८ चौका र एक छक्का प्रहार गरेका छन् ।

एक दिवसीय क्रिकेटमा भुर्तेलको यो सातौं अर्धशतक हो । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २१ ओभरमा ३ विकेट गुमाउादै १०६ रन बनाएको छ । भीम सार्की १७ र कुशल मल्ल ४ रनमा खेलेका छन् ।

चोभार एन्डबाट आएका युवा तीव्र गतिका बलर उदय भगवानको नवौं ओभरको बल थर्डम्यानमा खेल्ने धुनमा आशिफ शेख धलिवालबाट ८ रनमा सहजै आउट भएका थिए । कप्तान रोहित पौडेल सोहिको सर्ट बलमा रोक्न खोजे पनि टप एज लागेर प्वाइन्टमा ठकेरबाट ८ क्याच आउट भएका थिए ।