Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

पाँच लाख घुस लिएको आरोपमा वडाध्यक्ष कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ का वडाअध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाअध्यक्ष क्षेत्रीविरुद्ध विशेष अअदालतमा बुधबार मुद्दा दायर गरेको हो । वडाअध्यक्ष क्षेत्रीले घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको अख्तियारको आरोप छ ।

घुस मागेको विशेष सूचनाका आधारमा आयोगको कार्यालय, हेटौंडाबाट खटिई गएको टोलीले वडाध्यक्ष क्षेत्रीलाई सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस -रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको जनाएको छ ।