Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

प्रधानमन्त्री अनुपस्थित भएपछि संसदमा ओलीको सम्बोधन स्थगित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदको सम्बोधनको कार्यक्रम स्थगित गरेका छन् ।

एमाले सांसद रघुजी पन्तका अनुसार सदनको नेता नै अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी नेताको सम्बोधन आजलाई रोकिएको हो । ‘संसद्को नेता प्रधानमन्त्री हो । तर उहाँ नै अनुपस्थित हुनु भयो, उहाँ नआएकै कारण प्रतिपक्षी दलको नेता (केपी शर्मा ओली) बोल्नु भएन ।’

पन्तले हिउँदे अधिवेशनले गति लिन थालेको अवस्थामा छलफलको पहिलो दिन नै प्रधानमन्त्री अनुपस्थित हुँदा संसद्ले रौनक गुमाएको बताएका छन् । ‘आज पहिलो दिन नै संसद्ले आकर्षण गुमायो । शीर्ष नेताहरूले संसदमा ध्यान दिनुपर्छ’, उनले भने, ‘छलफलका लागि डाकिएको अधिवेशनको सुरुवाती दिनमै प्रधानमन्त्री उपस्थित नहुनु लोकतन्त्रको लागि राम्रो होइन ।’