Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सीमित नेताको मुठ्ठीमा देश कैद भयोः राजेन्द्र लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सीमित राजनीतिक दलका नेताको मुठ्ठीमा देश कैद भएको बताएका छन् ।

आज बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले  परिवर्तनको नाममा अहिले लुटतन्त्र बढेको र सीमित राजनीतिक दलका नेताको मुठ्ठीमा देश कैद भएको बताएका हुन् । ‘परिवर्तनको नाममा जे व्यवस्था निर्माण गर्नुभयो । त्यो गणतन्त्र होइन । अहिले जनताले भन्छन्, त्यो लुटतन्त्र हो । सीमित राजनीतिक दलका नेताको मुठ्ठीमा देश कैद भयो,’ उनले भने ।

यही अवस्थामा देश रहन नसक्ने भन्दै उनले नयाँ सम्झौता गरेर अगाडि बढ्नुपर्ने बताए । अहिलेको समस्या देशले अवलम्बन गरेको प्रणाली दोषी रहेकाले अब कसैलाई निषेध गरेर जान नहुने उनको भनाइ छ ।