Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले ‘स्टण्डबाजी’ गर्‍योः पदम गिरी

‘विपिन जोशीको उद्धारमा सरकार गैरजिम्मेवार’

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचारीलाई कारबाही गर्ने बहानामा सरकारले स्टण्डबाजी गरेको आरोप लगाएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशमा ठूल्ठूला भ्रष्टाचारका काण्ड सार्वजनिक भए पनि सरकारले दोषीलाई कारबाही गर्ने बहनामा स्टण्डबाजी गरेको आरोप लगाएका हुन् । देशमा व्याप्त भ्रष्टाचार भइरहे पनि सरकार भ्रष्टाचारीलाई संरक्षण गर्न सरकार लागेको भन्दै उनले भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले इच्छाशक्ति नै नदेखाएको आरोप लगाए । यसबारे संसदमा आफूहरुले आवाज उठाउने उनको भनाइ छ ।

‘विपिन जोशीको उद्धारमा सरकार गैरजिम्मेवार’
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको उद्धारमा सरकारले गैरजिम्मेवार र अनुदार व्यवहार देखाएको आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले महिनौं भइसक्दा पनि आफ्नो नागरिकको उद्धारमा सरकारले अनुदारपन देखाएको बताएका हुन् । दलालमाफत् रुसी सेनामा नागरिक भर्ती भइरहँदा पनि सरकारले रोक्न नसकेको उनको भनाइ छ ।