Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

चौबिसे घुम्ने पर्यटकलाई अचार कोसेली

धनकुटाको चौबिसे गाउँपालिकाले आफ्नो क्षेत्रमा भ्रमणमा आउने पर्यटकलाई अचार कोसेली प्रदान गर्ने भएको छ।  यसका लागि गाउँपालिकाले २४ जना एकल महिलालाई पाँच दिने अचार बनाउने तालिम प्रदान गरेको छ। ​ सहभागीहरूलाई विभिन्न प्रकारका अचार बनाउने तालिम दिइएको सहकार्य संस्थाकी अध्यक्ष हिमा चेम्जोङ्गले जानकारी दिए।

उद्यमी विष्णुमायाँ कन्दङवाले सुकुटी बनाउन सहित मूला, गाजर, काउली, बन्दालगायत तरकारीबाट  अचार बनाउन प्रशिक्षण प्रदान गरेकी थिइन्।  ​गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले पालिका भ्रमणमा आउने पर्यटकलाई  कोसेली अचार प्रदान गर्न तालिम प्रदान गर्न थालिएको बताए। 

यसका लागि पालिकाले पालिकाको केन्द्र राजारानी बजारमा कोसेली घर सञ्चालनमा ल्याउन लागेको उनले जानकारी दिए। ​ पर्यटकीय नगरी धनकुटाको भेडेटारबाट पाँचथरसम्मको एक सय किलो मिटर भेडेटार(रवी(राँके राजमार्ग कालोपत्रका लागि तीव्ररुपमा काम भइरहेको छ। 

सडक पूरा भएपछि यस क्षेत्रमा आउने पर्यटकको आवागमनलाई लक्षित गरेर कोसेली अचारको कार्यक्रम सुरु गर्न लागिएको अध्यक्ष लिम्बूले जानकारी दिए।