संसद बैठकअघि सभामुख देवराज घिमिरेले कार्य व्यवस्था परामर्श समिति बोलाएर छलफल गरिरहेका छन् ।
संसद अधिवेशनमा उठाउनु पर्ने विषयवस्तु र कार्यसञ्चालनका विषयमा छलफल गर्न उनले दलहरूका प्रतिनिधिसँग छलफल गरेका हुन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हिउँदे तथा बजेट अधिवेशन बोलाएका हुन् ।
संघीय दुवै सदनको बैठक आज ४ बजे सुरु हुनेछ ।